आदर्श कप: उपधिका लागि कास्की र शसस्त्र प्रहरी बल भिड्ने

पाेखरा | मंसिर २८, २०८१

आदर्श कप: उपधिका लागि कास्की र शसस्त्र प्रहरी बल भिड्ने

पोखरा:   शसस्त्र प्रहरी बल गण्डकी प्रदेश कास्कीको लेखनाथमा जारी आदर्श कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 


लेखनाथको भण्डारढीक स्थित लेखनाथ रंगशालामा विहिवार भएको खेलमा सशस्त्र प्रहरीले गोर्खा फुटवल क्लबलाई १–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।


सशस्त्रका सुजन तामाङले खेलको ७१औं मिनेटमा गरेको गोल नै जितको लागी निर्णायक बन्यो । गोल फर्काउन गोर्खाले गरेका थुप्रै प्रयासहरु असफल भएका थिए । 


खेलमा  सशस्त्रका गोल रक्षक अजित कुमार बिक म्यान अफ दि म्याच बने । उनले नगद ५ हजारसहित मेडल हात पारेका छन् ।


अब प्रतियोगिताको उपाधिका लागि शनिबार शसस्त्र प्रहरी बल गण्डकी र कास्की ११ भिड्ने भएका छन । कास्कीले बुधबार पेनाल्टी सुट आउटमा आयोजक आदर्शलाई ४–३ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको थियो ।


प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेतालाई नगद रु २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । 


विधागत तर्फ सर्वाेत्कृष्ट हुने खेलाडीलाई नगद रु २५ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । 


यस्तै उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही नगद रु १५ हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ । ‘निरन्तरता हाम्रो प्रतिवद्धता,फुटवल खेलको विकास हाम्रो दृढता’ भन्ने मुल नाराका साथ मंसिर २२ देखी २९ गतेसम्म संचालित प्रतियोगिताको मुख्य प्रायोजकक सौर्य सिमेन्ट रहेको छ ।
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्